१५ कार्तिक २०८३, आइतबार

अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पुर्‍याइएको छ ।

सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो ।

पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर)को मात्रा घटेको र बोल्न समेत कठिनाइ भएको छ । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि इलाम अस्पतालको स्वास्थ्यकर्मी टोली सत्याग्रहस्थल नारायणस्थान पुगेको थियो । 

उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएको हो । स्वास्थ्य परीक्षणपछि उनलाई थप उपचार तथा स्वास्थ्य निगरानीका लागि अस्पताल लगिएको हो ।

डा. केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछि स्वास्थ्यकर्मीलाई तैनाथ अवस्थामा राखिएको इलाम अस्पताल स्रोतले बताएको छ ।