१५ कार्तिक २०८३, आइतबार

एनपीएल : विराटनगरले सुदूरपश्चिमलाई हरायो, आज पोखरा र जनकपुर भिड्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत शनिबार रातिको आफ्नो तेस्रो खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ ।

जितका लागि पाएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ७० रन मात्रै बनाउन सक्यो ।

वर्षाका कारण खेल ५ ओभरमा छोट्याएको थियो ।

सुदूरपश्चिमका स्कट क्वीगलेनले २८ ,आरिफ शेखले १७, सैफ जैबले १७ रनको योगदान गरे पनि हार टार्न सकेनन् ।

विराटनगरका आन्द्रे रसेल, रूपेस सिंह र एन्जेलो म्याथ्यूजले १/१ विकेट लिए ।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेटको क्षतिमा १०५ रन बनाएको थियो । जसमा शेहान जयसूर्याले ३९, आन्द्रे रसेलले २८, लोकेश बमले २५ रन बनाए ।

सुदूरपश्चिमका अभिनास बोहराले २ विकेट हात पारे ।

तीन खेलमा विराटनगरको यो पहिलो जित हो । समान तीन खेल खेलेको सुदूरपश्चिमको दोस्रो हार हो ।

एनपीएलमा आज (आइतबार) एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा हुने खेलमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।