बाजुरा । लगातारको वर्षाका कारण बाजुराको उच्च लेकाली तथा हिमाली भू–भागमा हिमपात भएको छ ।
यहाँका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएको हो ।
वर्षापछि हिमपात हुँदा अत्याधिक चिसो बढेको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका, त्रिवेणी, सुर्के पाटन, सिन्तवा पाटन, बुढिनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख, घोडीलेक लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।
बिहीबारदेखि लगातार पानी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा यहाँको दैनिक जनजीवन कष्टकर बनेको छ ।
तस्वीरहरु/गोविन्द्रराज तिमिल्सेना





















प्रतिक्रिया