९ कार्तिक २०८३, सोमबार

पाल्पामा बन्दको प्रभाव (फोटोफिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band-palpa (3)

– सुशिल नेपाल
पाल्पा, ६ भदौ । आदिवासी जनजातीले गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ ।

विहानैदेखि जिल्लामा लामो तथा छोटो दुरिका कुनैपनि सवारी साधनहरु सञ्चालनमा आएका छैनन । जिल्लाका पसल, संघसस्था, विद्यालय तथा सम्पुर्ण शैक्षिक संस्थाहरु पनि पूर्ण रुपमा बन्द रहेका छन ।

बन्दको समयमा जिल्लामा कतै अप्रिय घटना नघटोस भनी नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरु चोक चोकमा खटिएका छन । दुध, एम्वुलेन्स, प्रेस र पानीका सवारी साधनहरु संचालन भईरहेका छन भने मेडिकल र होटलहरु केहि मात्रामा खुलेका छन ।

चार राजनीतिक दलहरुबीच भएको १६ बुदे खारेज गरी सवै राजनीतिक दलहरुको सहमति नयाँ संविधानको निर्माण गर्नुपर्ने, विगतमा भएका सहमति अनुसार नयाँ संविधानको निर्माण गर्नुपर्ने माग सहित आदिवासी जनजातिहरुले नेपाल बन्द गरेको हो ।

बन्दमा विहानैदेखि आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष त्रिरत्नलाल शाक्यसंगै महासंघको टोलीले हातमा झण्डा लिएर बजार घुमेर बन्दको अवलोकन गरेका थिए ।

Band-palpa (4)  Band-palpa (2) Band-palpa (1)