१४ कार्तिक २०८३, शनिबार

कुलेखानी जलाशय भरिँदै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । लगातारको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।

हाल जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ । यसको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ ।

जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले पानीको सतह थप बढ्ने क्रममा छ ।

केही घण्टाभित्रै जलाशयको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने सम्भावना रहेकाले नदीकिनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ ।

सम्भावित जोखिमबाट बच्न नदी किनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । साथै, आयोजनाबाट जारी हुने सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएसलाई ध्यान दिन पनि अनुरोध गरिएको छ ।

जलाशयमा पानीको सतह व्यवस्थापन गर्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसअघि चेतावनी साइरन बजाइने व्यवस्था गरिएको छ ।