काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा पहिरो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले लगातारको वर्षा जारी रहेकाले तत्काल बाटो खुलाउन सहज नभएको बताएका छन् ।
उनले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरेका छन् ।












प्रतिक्रिया