१४ कार्तिक २०८३, शनिबार

आज विश्व सहरीकरण दिवस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज विश्व सहरीकरण दिवस । प्रत्येक वर्ष अक्टोबर ३१ तारिखका दिन यो दिवसन मनाइन्छ ।

यस दिवसको सुरुवात सन् १९४९ मा अर्जेन्टिनाका प्राध्यापक कार्लोस मारियोला मोेटाले ब्युनेर्स आयर्स विश्वविद्यालयमा गरेका थिए । सहरी योजना र यसले समुदायमा पार्ने प्रभावबारे जनचेतना जगाउन यो पहल गरिएको थियो ।

यसको मुख्य उद्देश्य दिगो सहरीकरणको विकास, सहरी योजनामा चुनौतीहरू र विश्वव्यापी सहरीकरणप्रतिको चासोलाई सम्बोधन गर्नु रहेको छ । सन् २०२६ को विश्व सहरीकरण तथा सहर दिवसको मुख्य नारा ‘सहरको पुनरुत्थानः सबैका लागि पर्याप्त आवास’ रहेको छ ।

बढ्दो सहरीकरणकाबीच सबै नागरिकका लागि उचित, सुरक्षित र किफायती आवासको व्यवस्था गर्न सहरी क्षेत्रको पुनरुत्थान कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनु, दिगो विकास, सहरहरूको योजनाबद्ध विकास, पूर्वाधार सुधार, पर्यावरण मैत्री संरचना र बाह्य जलवायु परिवर्तन तथा विपद्का जोखिमहरूसँग जुध्न सक्षम सहरी पूर्वाधार निर्माण गर्नु र सहरीकरणले ल्याएका अवसर र चुनौतीहरू जस्तैः आवासको अभाव, प्रदूषण, र बसाइँसराइको चापका बारेमा विश्वभरका मानिसहरूलाई सचेत गराउनु लगायत यसका उदेश्य रहेका छन् ।