१४ कार्तिक २०८३, शनिबार

चक्रवात र पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली, अपराह्नदेखि मौसममा सुधार हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज अपराह्नदेखि यसको प्रभाव क्रमिक रूपमा कम हुने देखिन्छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहने तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

राति भने देशभर साधारणतया बदली रहनेछ । देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, देशको तराई भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।