१३ कार्तिक २०८३, शुक्रबार

प्रतितोला ३२ सय रुपैयाँले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार दुई सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला दुई लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर दुई लाख ८० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार घटेर प्रतितोला दुई लाख ७८ हजार पाँच सय रुपैयाँमा पुगेको सुन त्यसयता बिहीबारसम्म लगातार बढेको थियो । 

आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला तीन हजार ९३० रुपैयाँ रहेको चाँदी शुक्रबार घटेर तीन हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।