१३ कार्तिक २०८३, शुक्रबार

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न आयोग जाँदै कांग्रेस

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउने भएको छ ।

बिहीबार बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ । सोहीअनुसार कांग्रेस आज (शुक्रबार) निर्वाचन आयोग जानेछ ।

कांग्रेस उपसभापति मधु आचार्यका अनुसार पदाधिकारी तथा सदस्यहरूको तस्बिरसहितको विवरण संकलन र अन्य आवश्यक कागजात लिएर शुक्रबार आयोगमा अद्यावधिक गराइनेछ ।

कांग्रेसको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले बिहीबार सदस्यले शपथ लिएका छन् ।

कांग्रेसको १८ देखि २३ असोजसम्म खुलामञ्चमा सम्पन्न १५ औं महाधिवेशनबाट सभापति गगन थापासहित २० पदाधिकारी र २११ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

गगन नेतृत्वको कांग्रेसले महाधिवेशन सम्पन्न गरे पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरू नै आधिकारिक रहेको दाबी गर्दै समानान्तर महाधिवेशनको तयारी थालेको छ ।

सर्वोच्च अदालतमा आधिकारिकतासम्बन्धी पुनरावलोकन प्रक्रिया जारी रहेकाले विवाद अझै टुंगिएको छैन । अदालतमा मुद्दा विचाराधीन भएकैले देउवा पक्षले आफूलाई आधिकारिक भनेर दाबी गर्ने मौका पाएको हो ।