एजेन्सी । देवर भाउजूको अवैध सम्बन्धले ठूलो अपराध जन्माउँछ भन्ने कुरा यो घटनाबाट प्रमाणित हुन्छ ।
यूपीको चन्दौलीमा सानो कुरामा देवरले आफ्नी भाउजू र उनका तीन छोराछोरीलाई जि़उँदै जलाएका छन् । ती महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तीन बच्चाहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आरोपी देवर फरार छन् ।
बबुरीमा बस्दै आएका जितेन्द्र दिल्लीमा निजी कम्पनीका जागिरे हुन् । उनकी ३२ वर्षीय पत्नी पूनम तीन छोराछोरीसँग गाउँमा बस्दै आएकी थिईन् । पुलिसका अनुसार नाताले पूनमका देवर लाग्ने भगवान कुमार अधिकांश समय उनका घरमा आइरहन्थे । जितेन्द्र सहरमा जागिरे भएका कारण देवर भाउजूबीच अवैध शारीरिक सम्बन्ध बनेको थियो ।
शुक्रवार राति पनि भगवान भाउजूसँग मस्ती गर्न पूनमका घर आएका थिए । जहाँ दुबैबीच खानाको विषयमा झगडा भयो । तर, त्यसपछि उनीहरु सुते । विहान फेरि यो विषयमा विवाद यति बढ्यो कि देवर भगवानले पूनमको शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिए । जब उनी ज्यान बचाउन यताउता दौडिन थालिन तब उनका तीनै छोराछोरीलाई आगोले पोल्यो ।
घटनाको जानकारी पाउने वित्तकै पुलिस घटनास्थल पुग्यो । पूनम र उनका तीनै बच्चाहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गराए । जहाँ उपचारका क्रममा पूनमको मृत्यु भयो । मृत्यु भन्दा पहिला पूनमले पुलिसलाई टाढाको नातामा देवर साइनो लाग्ने भगवान कुमारसँग खानाको विषयमा विवाद भएको थियो । त्यसैको रिसमा उनले मट्टीतेल खन्याएर म माथि आगो लगाएको बताएकी थिईन् ।
पूनमको उपचार गरेका डा. संजयले शरीरको ९५ प्रतिशत भाग जलिसकेकाले पूनमलाई बचाउन नसकेको बताए । तर, उनका तीनै छोराछोरीको स्वास्थ्यमा भने क्रमिक रुपमा सुधार आइरहेको छ । चकियाका डीएसपी राजेश तिवारीका अनुसार पुलिसले मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । फरार देवरको खोजी पनि गरिरहेको छ ।













प्रतिक्रिया