२१ कार्तिक २०८३, शनिबार

बर्दियामा थरुहटले ३ दलका शीर्ष नेताको पुत्ला जलाए (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-putla-dahan (2)

– सुदीप अधिकारी
बर्दिया, ६ भदौ । कञ्चनपुरदेखि चितवनसम्मको भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले आज शीर्ष तीन दलका नेताको पुत्ला दहन गरेको छ ।

जिल्लाको भुरिगाउँ बजारमा थरुहट थारुवानका कार्यकर्ताले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्ला जलाएका हुन् ।

पुत्ला जलाउनु अघि तीनै दलका शीर्ष नेताको पुत्ला बोकेर शंख बजाउदै बजार परिक्रमा गरेका थिए । पछिल्लो पटक संशोेधन गरिएको सीमाकंनमा समेत माग संबोधन नभएपछि थरुहटका कार्यकर्ता अझै आक्रोशित भएका छन् । उनीहरुले शनिबारदेखि बन्दको कार्यक्रमलाई झनै कडा बनाएका छन् ।

थरुहट थारुवानका कार्यक्रताहरु विहानैदेखि भुरगाउँ बजार, बासगढी, मैनापोखरलगाएतका बजारमा प्रदर्शन गरेका छन् । लाठी बोकेर चोक चोकमा बन्दकर्ताहरु जम्मा भएका छन् ।

बर्दिया बन्द भएको आज आइतबार १३ औँ दिन पुगेको छ । लगातारको बन्दले यहाँको जनजीवन निकै प्रभावित भएको हो ।

bardiya-putla-dahan (3)bardiya-putla-dahan (1)