देउखुरी, ६ भदौ । दाङको देउखुरी उपत्यकामा बन्द अवज्ञा गरेको भन्दै नियन्त्रणमा लिइएका ७ वटा मोटरसाईलक थारु आन्दोलनकारीले फिर्ता दिएका छैनन् ।
थरुहट, थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले शनिबार नियन्त्रणमा लिएका मोटरसाईकल सम्बन्धित ब्यक्तिलाई अझै नबुझाएपछि स्थानीय आक्रोशित भएका छन् ।
बन्दको अवज्ञा गरी चलाइका मोटरसाईकलहरू सुरक्षित राखिएको र आज सम्बन्धित ब्यक्तिहरुलाई उपलब्ध गराइने बताइएको छ ।
बन्द कर्ताहरूले अनटेस्ट यूनिकन, रा २ प ७२९९, रा २ प ९९३१, रा १ प ५२३५, रा १ प ८५१४, रा ३ प १४५६, बा ६६ प ७११६ नं.को मोटरसाईकल नियन्त्रणमा लिइएका थिए ।















प्रतिक्रिया