काठमाडौं, ६ भदौ । थरुहट र थारुवान संयुक्त संघर्ष समितिले आज संघीय प्रदेशको सिमाङ्कनको खाका जलाउने भएको छ ।
समितिले आज काठमाडौंसहित तराईका सबै जिल्लामा सात प्रदेशको संघीयताको सिमाङ्कनको खाका जलाउने सभासद एवम् थारु नेतृ रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।
‘थारुहरूले संघीय राज्यको सिमाङ्कनको खाका जलाउँछन्’, उहाँले भन्नुभयो, ‘हामीलाई संविधानको मस्यौदामा भन्दा पनि सिमाङ्कन चित्त बुझेको छैन ।’
यसैबीच, संघर्ष समितिले तराईका जिल्लाहरूमा थरुहट तराईको प्रत्येक गाविस, नगरपालिकामा थरुहट र थारुवान स्वायत्त प्रदेश लेखेको साइनबोर्ड, होर्डिङ्ग बोर्ड र भित्ते लेखन कार्यक्रम गर्ने जनाएको छ ।
थारु संघर्ष समितिले काठमाडौंमा भने आज दिउँसो एक बजे हनुमानथानमा सात प्रदेशको खाका जलाउने नेतृ चौधरीले बताउनुभयो ।












प्रतिक्रिया