९ कार्तिक २०८३, सोमबार

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन् ।

चीनको हेबेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी भएर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फर्किएकी हुन् ।

स्वदेश फर्किएपछि प्रतिक्रिया दिँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘भ्रमण निकै फलदायी रह्यो । यो औपचारिक भ्रमणभन्दा पनि ‘ग्लोबल गभर्नेन्स फोरम’को सम्मेलन भएकाले म त्यसैमा भाग लिन गएकी हुँ । मैले त्यहाँ राख्नुपर्ने आफ्ना धारणाहरू राखिसकेकी छु ।’