काठमाडौं, ६ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संघीय राज्यको सिमाङ्कनमा देखिएको विवादका विषयमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
अहिले केही समयपछि बालुवाटारमा बस्ने बैठकमा सात प्रदेशको सिमाङ्कनमा देखिएको विवादका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
छ प्रदेशबाट बढाएर सात प्रदेश बनाउँदा पनि असन्तुष्ट पक्षको माग सम्बोधन हुन नसकेपछि चिन्तित देखिएका चार कांग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरू सहमति जुटाउने प्रयासमा लागेका हुन् ।
उनीहरूले असन्तुष्ट पक्षलाई वार्तामा आउन अपील गर्ने विषयमा समेत छलफल हुने बुझिएको छ । बैठकले वार्ताका लागि अपीलको खाका तयार पार्ने बताइएको छ । बैठक नौ बजेपछि बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया