८ कार्तिक २०८३, आइतबार

एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । 

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो । 

प्रतियोगिता भोलि सोमबारदेखि सुरु हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ ।

प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ ।