८ कार्तिक २०८३, आइतबार

एनपीएल खेल्न काठमाडौं आइपुगे मार्क वाट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजन खेल्न कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट काठमाडौं आइपुगेका छन् ।

उनी आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए ।

३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् ।

त्यस्तै, उनले तीन सय २१ रन बनाएका छन् । समग्रमा उनले ट्वान्टी २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन् ।

दोस्रो एनपीएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए ।

उनले मात्र ४१ बलमा कीर्तिमानी शतक प्रहार गरेका थिए । उनी आन्द्रेस गौसपछि एनपीएलमा शतक बनाउने दोस्रो खेलाडी समेत हुन् ।