काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
केन्द्रका अनुसार बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
यसअघि गत असोज २१ गते राति बाजुरालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।















प्रतिक्रिया