८ कार्तिक २०८३, आइतबार

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित संगम टोलमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शनिबार बेलुकी त्रियुगा–११ को संगम टोलस्थित इनार चोकबाट पिपलचोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले पैदल हिँडिरहेका रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो ।

उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंले स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारार्थ जिल्ला अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जानकारी दिए ।

दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा–११, ढिम्की निवासी दिलीप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रासस