काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका हिमाली र पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई भू–भाग तथा उपत्यका र खाँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
त्यस्तै, आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।















प्रतिक्रिया