९ कार्तिक २०८३, सोमबार

‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री बैतडीमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Documentary-BHAGYALE-BAACHEKAHARU-Miracle-Survivals-in-Nepal-Earthquakeबैतडी, ५ भदौ । वैशाख १२ गते गएको बिनाशकारी भूकम्पका मर्मस्पर्शी दृष्यहरू समेटर बनाइएको डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरू’ शनिबार बैतडीमा प्रदर्शन गरिएको छ ।

महाबिनाशकारी भूकम्पले निम्त्याएको क्षति, भूकम्पको बेला भत्केका संरचनाहरूले पुरिँदासमेत मृत्युलाई जित्न सफल व्यक्तिहरूको कथा र भूकम्पले गर्ने क्षतिबाट बच्ने उपायहरूसमेत समेटिएको उक्त डकुमेन्ट्री प्रदर्शन गरिएको हो ।

पत्रकार गणेश पाण्डेको निर्देशनमा तयार पारिएको उक्त डकुमेन्ट्रीमा छायांकन गरिएका दृश्य हेरेर बैतडीमा दर्शक भावविह्ल भएका छन् ।

डकुमेन्ट्रीमा धरहराबाट खसेर बाँच्न सफल महिलाको कथा, सात तले घरले ८२ घण्टासम्म आफ्नै पिसाब खाएर बाँच्न सफल तर खुट्टा गुमाएका एक पुरुषको कथा र २२ घण्टासम्म पुरिएरपनि बाँच्न सफल ४ महिने शिशुका कथा लगायतका अन्य मर्मस्पर्शी दृष्य देखेर दर्शकहरुको आँखामा आँसु देखिन्थ्यो ।

दर्शकले २०७२ साल वैशाख १२ गते नेपालमा गएको महाबिनाशकारी भूकम्पमा घटेका अद्भूत घटनालाई तत्कालै छायांकन गरी डकुमेन्ट्रीको रुप दिने पत्रकार पाण्डे र उनको टीमलाई दिल खोलेर धन्यवाद दिए ।

उक्त विपत्तिको बेला घटेका घटनाहरुको दृष्यहरुलाई पर्दामा उतारी बैतडीजस्तो बिकट जिल्लाका नागरिकहरुलाई पनि हेर्ने अवसर दिएकोले आफूहरु धेरै हर्षित भएको स्थानीय दर्शकहरुको भनाइ छ ।

जिल्लाको गोठलापानीमा रहेको होटल समुराइमा रेडियो सनशेर एफएमले आयोजना गरेको डकुमेन्ट्री प्रदर्शन कार्यक्रममा हेर्नको लागि टिकट सिस्टम पनि राखिएको थियो । शनिबारको प्रदर्शनमा ३ सयभन्दा बढी टिकट बिक्री भएको रेडियो सनशेरका अध्यक्ष नरेन्द्र भट्टले बताए ।

आफूले नै छायाङ्कन गरेको उक्त डकुमेन्ट्री देखाएर बैतडीका दर्शकहरुलाई भावविह्ल गराएका पत्रकार पाण्डेका अनुसार डकुमेन्ट्रीलाई छिट्टैनै अंग्रेजी संस्करणमा अमेरीकालगायतका देशहरुमा प्रदर्शन गरिदैछ ।