काठमाडौं । बंगलादेशी क्रिकेटर मोहम्मद सैफुद्दीनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।
उनलाई टोलीमा भित्र्याएकोबारे पोखराले आज सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।
‘एनपीएलको तेस्रो संस्करणका लागि बंगलादेशका अन्तर्राष्ट्रिय अलराउन्डर मोहम्मद सैफुद्दीनलाई आधिकारिक रूपमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा खुसी लागेको छ’ पोखराले भनेको छ ।
सैफुद्दीन बंगलादेशका अनुभवी बलिङ अलराउन्डर हुन् ।
पोखराले तेस्रो संस्करणका लागि अनुबन्ध गरेको उनी तेस्रो बंगलादेशी खेलाडी हुन् ।
पोखराले यसअघि बंगलादेशकै अलराउन्डर साकिब आल हसन र मेहदी हसनलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।
पोखराले तेस्रो संस्करणका लागि श्रीलंकाका अलराउन्डरद्वय धनञ्जय लक्षण र चामिका करुणारत्नेलाई पनि अनुबन्ध गरिसकेको छ ।
एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।















प्रतिक्रिया