३ कार्तिक २०८३, मंगलबार

दशैंमा काठमाडौं उपत्यकाभित्र नेपाल प्रहरीको निःशुल्क बस सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

प्रहरीले दशैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा आज कात्तिक ३ र भोलि ४ गते निःशुल्क बस सञ्चालन गरेको हो ।

रूट नम्बर १ नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ ।

रूट नम्बर २ नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ ।

यस्तै, रूट नम्बर ३ नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुनः नक्सालमा फर्किनेछ ।

दुई दिन सञ्चालन हुने निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

निःशुल्क बस सेवा पहिलो सिफ्टअन्तर्गत आज अपराह्न ४ बजेबाट तीन वटै रूटमा सञ्चालन भएको प्रहरीले जनाएको ।

यसैगरी, भोलि कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८ बजेबाट र दोस्रो सिफ्ट दिउँसो साढे ३ बजेबाट उक्त रूटहरूमा सञ्चालन हुनेछ ।