सर्लाही । बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्नेवित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । रासस















प्रतिक्रिया