एजेन्सी । कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन ।
राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार मंगलबार बिहान कोरल सागरमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प २३ किलोमिटर गहिराइमा गएको थियो । भूकम्पका कारण कुनै मानवीय क्षति वा ठूलो भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त नभएको एएनआइले जनाएको छ ।
एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेको छ, ‘२० अक्टोबर २०२६ मा भारतीय समयअनुसार बिहान ९ः५०ः४० बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको केन्द्रबिन्दु १३.९७६ डिग्री दक्षिण अक्षांश र १६५.५५४ डिग्री पूर्वी देशान्तरमा रहेको छ । भूकम्प २३ किलोमिटर गहिराइमा गएको र सो क्षेत्र कोरल सागर हो ।
भूकम्पका कारण कुनै मानवीय क्षति वा उल्लेखनीय भौतिक संरचनामा क्षति पुगेको तत्काल जानकारी प्राप्त भएको छैन ।
पृथ्वीमा रहेका चिरा वा भ्रंश क्षेत्रमा लामो समयदेखि जम्मा भएको तनाव अचानक मुक्त हुँदा भूकम्प उत्पन्न हुने गरेको छ । यस क्रममा उत्पन्न हुने भूकम्पीय तरङ्गहरू जमिनभित्र फैलिन्छन् । भूकम्पले पार्ने प्रभाव यसको म्याग्निच्युड, गहिराइ, बस्तीबाट दूरी तथा भवनहरूको संरचनागत मजबुतीजस्ता विभिन्न पक्षमा निर्भर हुन्छ ।
कम गहिराइमा जाने भूकम्पले बढी गहिराइमा जाने भूकम्पको तुलनामा बढी क्षति पु¥याउन सक्छ । किनभने भूकम्पीय तरङ्गहरू पृथ्वीको सतहसम्म पुग्न छोटो दूरी तय गर्नुपर्ने हुन्छ, जसले प्रभावित क्षेत्रमा जमिनको कम्पनलाई तीव्र बनाउन सक्छ ।
यद्यपि, वास्तविक क्षति स्थानीय भौगर्भिक अवस्था र वरपरका भौतिक संरचनाहरूमा पनि निर्भर हुन्छ । कोरल सागर दक्षिणपश्चिमी प्रशान्त महासागरमा अवस्थित छ । अष्ट्रेलियाको उत्तर–पूर्व तट क्षेत्रमा पर्छ ।
प्रशान्त महासागर वरपरको विस्तृत क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ अर्थात् प्रशान्त अग्नि घेराका कारण भूकम्पको उच्च जोखिममा रहेको छ । एएनआइ















प्रतिक्रिया