१ कार्तिक २०८३, शनिबार

गोरखा दरबारबाट हनुमानढोका दरबारमा पठाइयो फूलपातीसहितको डोली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बडादशैंको सातौँ दिन हरेक वर्षझैं यस वर्षपनि गोरखा दरबारको दशैंघरबाट परम्परागत विधिअनुसार पूजाआजा गरी फूलपातीसहितको डोली काठमाडौंस्थित हनुमानढोका दरबारमा पठाइएको छ ।

शनिबार शुभसाइतमा पूजाअर्चना सम्पन्न गरी फूलपातीको डोली बा २ झ २१२८ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो ।

फूलपाती बिदाइका लागि गोरखा दरबारको दशैंघरबाट बाजागाजासहित र्‍याली निकालिएको थियो ।

बडादशैंको सप्तमी अर्थात् फूलपातीको दिन गोर्खा कालिका मन्दिरमा विशेष पूजाआजा गरिन्छ । पूजापश्चात् कालिका मन्दिरको जमरा र विभिन्न किसिमका पात तथा वनस्पतिहरू (केरा, दाडिम, धान, हलेदो, माने, धान, अशोक, बेल र जयन्ती)लाई शास्त्रीय विधिअनुसार फूलपातीको रूपमा तयार पारिन्छ । यसरी तयार पारिएको फूलपातीलाई विशेष बाजागाजा, सलामी र मंगलपाठसहित गोर्खाबाट काठमाडौंतर्फ पठाइने गरिन्छ ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा पुर्‍याएपछि हर्षबढाइँका साथ भित्र्याउने परम्परा छ ।