काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दशैं बिदाका अवधिमा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै संघीय सरकारी अस्पताललाई आवश्यक जनशक्ति व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।
दशैं बिदामा अस्पताल पूर्ण रूपमा बन्द नगर्न र अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ ।
सेवाग्राहीलाई उपचारमा असुविधा नहोस् भन्ने उद्देश्यले अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्री पर्याप्त मात्रामा मौज्दात राख्न समेत भनिएको छ ।















प्रतिक्रिया