२१ कार्तिक २०८३, शनिबार

गृहमन्त्री गौतमले संसद बैठकमै अमरेशलाई हप्काए, के-के भयो बैठकमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

amaresh-bamdevकाठमाडौं, ५ भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले विखण्डनकारी अभिव्यक्ति दिएर जनता भड्काउन खोज्ने कांग्रेस सभासद अमरेशकुमार सिंहलाई हप्काएका छन् ।

शनिबार बसेको संसदीय राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री गौतमले अमरेशलाई अनुशासनमा बस्न चेतावनी दिएका हुन् । बैठकमा उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहको विवादस्पद र साम्प्रदायिक भड्काउने अभिव्यक्ति दिएको भाषण अडियोमाथि अनुसन्धान विषय प्रवेश गर्ने वित्तिकै गृहमन्त्री गौतमले अमरेशलाई जे पायो त्यही नबोल्न चेतावनी दिँदै हप्काएको बैठकमा सहभागी एक सभासदले बताए ।

भाषण अडियो विषय बैठकमा प्रवेश गर्ने वित्तिकै सभासद अमरेशले सशस्त्र प्रहरीको २४ हजार जनशक्तिमध्ये सरकारले २३ हजार शक्ति मधेसीलाई दमन गर्न तराईमा परिचालन गरेको आरोप लगाएका थिए । यस्तो आरोप लाएपछि गृहमन्त्री गौतमले तत्कालै आपत्ति जनाउँदै उनलाई आफ्नो अनुशासनमा बस्न चेतावनी दिएका हुन् ।

बैठकमा कांग्रेसका रामकृष्ण यादव, एमालेका यज्ञराज सुनुवार, जनमोर्चाका चित्रबहादुर केसी लगायतका सभासदले अराजक अभिव्यक्ति दिने नेतालाई कारवाही गर्नुपर्ने धारणा राखेका थिए ।

सभासदहरुको कुरा सुनिसकेपछि गृहमन्त्री गौतमले अमरेशलाई जनता भड्काउन जे मन लाग्यो त्यो नबोल्न आग्रह गरे । ‘सभासद नै जबर्जस्ती पहाडे बाहुनक्षेत्री विरुद्ध आधारहीन आरोप लाएर जनता भड्काउन खोज्दैछन्’ गौतमले भने-‘माननीय भएर जे पायो त्यही बोल्ने ?’