ताप्लेजुङ । वि.सं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको सम्झनामा निर्माण गरिएको अर्धकदको शालिक । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजित कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा भूगोलविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के लगायतले ज्यान गुमाएका थिए ।





















प्रतिक्रिया