काठमाडौं । पछिल्लो दिन भारतको राजधानी नयाँ दिल्ली केन्द्रित आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी (सीजेपी)को संस्थापक अभिजीत दीपके फेरि पक्राउ परेका छन् ।
शुक्रबार साँझ राष्ट्रिय झन्डासहितको जुलुसका क्रममा दिल्ली प्रहरीले दीपकेसहित वामपन्थी विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (एआईएसए)की राष्ट्रिय अध्यक्ष नेहा बोरालाई पक्राउ गरेको थियो ।
यसैबीच, नेहा आज बिहान ६ बजे रिहा भएकी छिन् ।
दीपकेलाई शान्ति भंग गरेको आरोपमा नयाँ मुद्दा दर्ता गरी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दीपके पछिल्लो ६ दिनमा दोस्रोपटक पकाउ परेका हुन् ।
यसअघि १० अक्टोबरमा जन्तर–मन्तरमा हुने विरोध प्रदर्शन अगाडि दीपकेलाई दिल्ली विमानस्थलको विमानबाट ओरालेर दिल्ली प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट उनी रिहा भएका थिए ।















प्रतिक्रिया