१ कार्तिक २०८३, शनिबार

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रही बाँकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराई भू–भागका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहने तथा बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ भने कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। देशको हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

राति भने देशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

देशको हिमाली भू–भागका थोरै स्थानमा, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।