३० आश्विन २०८३, शुक्रबार

सुदूरपश्चिममा दशैं मनाउन पहाड जानेको संख्या घट्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । यस पटक सुदूरपश्चिम प्रदेशमा दशैं मनाउन पूर्ख्यौलीघर जाने यात्रुको चाप विगतको भन्दा घढेको छ ।

प्रदेश राजमार्ग तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार यस बर्ष हालसम्म कैलाली, कञ्चनपुरबाट दशैं–तिहार मनाउन पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन । गत बर्षको दशैंमा तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख ५० हजार भन्दा बढी कटेको थियो ।

प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी निरीक्षक मनिराम भट्टका अनुसार दशैं सुरु भएपछि दुईरतीन दिन मात्रै पहाड जाने यात्रुको चाप देखिएको थियो ।

बिहीबारदेखि भने पहाड जाने यात्रुको चाप धेरै घटेको भट्ट बताउँछन् । ‘आजसम्म तराईबाट पहाड जाने यात्रुको संख्या एक लाख पनि कटेको छैन,’ सुचना अधिकारी भट्टले भने, ‘विगतको भन्दा यस पटक दशैं मनाउन पहाड जाने यात्रुको संख्या धेरै घटेको छ, यसपाली दशैंसम्म पनि पहाड जाने यात्रुको संख्या एकलाख कट्छ जस्तो लाग्दैन ।’

अत्तरिया सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने एक मात्र गन्तव्य हो । भारत लगायते देश विदेशबाट आएकाहरुले सुदुरपश्चिमका पहाडी जिल्ला जान यही मार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

प्रदेश राजमार्ग तथा ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी भट्टका अनुसार सामान्य अवस्थामा अत्तरिया हुदै पहाडतर्फ जाने सार्वजनिक सवारीको संख्या ३० देखि ४० सम्म हुने गरेकोमा दशै सुरु भएपनि ५० देखि ६० सम्म पुगेको छ ।

‘तर विगत जस्तो सार्वजनिक यातायातमा यात्रुको अत्याधिक चाप भएको वा, ठगिएको गुनासो आएको छैन,’ उनले भने, अहिले अवस्था सामान्य छ, पहाड जाने सार्वजनिक सवारीको संख्या समेत एक/दुई दिन यता घटेको छ ।’

सुदूरपश्चिम प्रदेशका विभिन्न ३९ स्थानमा यस पटक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ती कक्षबाट यात्रुका गुनासा सुन्ने, जनचेतना फैलाउने कार्य भइरहेको उनी बताउँछन् । चालकको अवस्था बुझ्न र ट्राफिक व्यवस्थापनका लागि जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त अनुगमन गर्ने गरेको भट्टको भनाई छ ।