३० आश्विन २०८३, शुक्रबार

नेपाल फुटबल लिग घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फुटबललाई व्यावसायिक बनाउने उदेश्यका साथ नेपाल फुटबल लिग (एनएफएल) आयोजना हुने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच फागुन १ गतदेखि एनएफएल आयोजना गर्ने घोषणा गरिएको हो ।

एनएफएलमा नेपाल सुपर लिग (एनएसएल)का सातवटै टोलीले सहभागीता जनाउने एनएफएलका अध्यक्ष कल्याण गुरुङले जानकारी दिए ।

एनएफएलको पहिलो संस्करणमा काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र झापा एफसीको सहभागिता रहने र अन्य नयाँ टोलीलाई सहभागिताको आव्हान गरिने उनले बताए । उनले लिगलाई केवल पुरुष श्रेणीमा मात्र नभई एकेडेमी, महिला लगायत सबै श्रेणी र क्याटेगोरीमा अगाडि लैजाने भन्ने दीर्घकालीन सोचका साथ अघि बढाइएको बताए ।

होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने योजनाका साथ सुरु गर्न लागिएको प्रतियोगिता चार महिनासम्म चल्ने एनएफएलले जनाएको छ ।

क्लबहरुको अग्रसरतामा घरेलु फुटबललाई चलायमान बनाउन एनएफएल आयोजना गरिएको बताइएको छ ।