काठमाडौं । नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ ।
शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस ससदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो ।
कांग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक परिस्थितिमा अध्यादेश जारी गर्नु संवैधानिक कुरा भए पनि, संसद बन्द भएको छोटो समयमै अध्यादेश आउनुको औचित्यमाथि प्रश्न उठाइन् ।
उनले संसदको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूमा संसद् छलेर अध्यादेशमार्फत कानून ल्याउनुको सट्टा सदनमै दफावार छलफल गरेर अगाडि बढाउनुपर्ने धारणा राखिन् ।
उनले भूमि सम्बन्धी अध्यादेशमा यसअघि पनि कांग्रेसले बिरोध गरेको र अहिले पनि सोहि अध्यादेश ल्याउदा पार्टीको बिमत्ती कायमै रहेको बताएकी छिन् ।















प्रतिक्रिया