३० आश्विन २०८३, शुक्रबार

सिन्धुली दुर्घटना अपडेट : ब्याक गर्दा पल्टिएको थियो, ९ जना घाइते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सिन्धुलीमा भएको बस दुर्घटनामा ९ जना घाइते भएका छन्। बीपी राजमार्ग अन्तरगत सिन्धुलीको गोलान्जर गाउँपालिका ७ ट्रायल सेन्टर अगाडि बस दुर्घटना भएको हो।

काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २७७४ नम्बरको बस होटलमा खाना खान रोकेको थियो। खाना खाइसकेपछि यात्रु चढाएर ब्याक गर्ने क्रममा बस सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको शुभजीवन अस्पताल खुर्कोट र सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय खुर्कोटबाट उद्धारका लागि तत्काल टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए।