३० आश्विन २०८३, शुक्रबार

गगन थापाले भोलि कांग्रेस सभापतिको शपथ लिँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले शुक्रबार पार्टी सभापतिको शपथ लिने भएका छन्।

थापाले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथ लिने कार्यक्रम तय भएको हो। १५औँ महाधिवेशनमा सभापतिका प्रत्यासी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा निर्वाचित भएका थिए।

मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाएका थिए। थापा भारी मतान्तरसहित कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन्।

सभापतिको शपथ शुक्रबार भए पनि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण र शपथग्रहण भने दशैँपछि गर्ने तयारी कांग्रेसले गरेको छ।

नवनिर्वाचित केन्द्रीय समितिका सबै सदस्यले शपथ लिएपछि कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक बस्ने बताइएको छ।