काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको खुल्लामुखी म्युचुअल फण्ड योजना शुभ लक्ष्मी कोषको आकार १ अर्बबाट वृद्धि गरी तीन अर्ब रुपैयाँ कायम गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।
कम्पनीका अनुसार २०८२ कात्तिक २५ मा शुभ लक्ष्मी कोषको आकार ५० करोड रुपैयाँ रहेकोमा १ अर्बका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त भएकोमा एक वर्षको अन्तरालमा सो वृद्धि भए बमोजिमको रकम, करिब पूर्ण रुपमा इकाइधनीहरुबाट संकलन भई बाँडफाँड गर्न कम्पनी सफल भएको छ । कोषको आकार ३ अर्ब रुपैयाँ कायम भएसँगै योजनाले थप लगानीकर्ताहरुलाई योजनामा सहभागी गराउन सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।
यसैगरी, शुभ लक्ष्मी कोषले इकाइधनीहरुका लागि सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान सुविधा समेत सञ्चालनमा ल्याएको छ । यस सुविधामार्फत इकाइधनीहरूले आफ्नो लगानीबाट निर्धारित समय अन्तरालमा आफुलाई आवश्यक पर्ने रकम योजनाबद्ध तथा नियमित रूपमा झिक्न सक्नेछन् । विशेषगरी, लगानीबाट नियमित आम्दानी प्राप्त गर्न चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न इच्छुक लगानीकर्ताहरुका लागि यो सुविधा उपयोगी हुने कम्पनीले जनाएको छ ।
नियमित रुपमा लगानी (एसआईपी) गर्न तथा आवश्यकता अनुसार योजनाबद्ध रुपमा रकम प्राप्त (एसडब्लुपी) गर्न चाहने लगानीकर्ताहरुका लागि शुभ लक्ष्मी कोष आकर्षक लगानी विकल्पका रुपमा स्थापित हुने कम्पनीको विश्वास छ ।















प्रतिक्रिया