नवलपरासी । नवलपरासी पूर्वको गैँडाकोटस्थित सामुदायिक वनमा गाडिएको शव निकालेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–५ घर भई गैँडाकोट नगरपालिका–४ रानीताल बस्ने ३१ वर्षीय शक्ति परियार रहेका छन्।
प्रहरीका अनुसार गैँडाकोट–४ की ४९ वर्षीया कनिमाया गुरुङको असोज २४ गते मृत्यु भएपछि आफन्तले सामुदायिक वनमा खाल्डो खनेर शव गाडेका थिए। तर, दुई दिनपछि असोज २६ गते समाधिस्थलमा पुग्दा शव बाहिर निकालिएको अवस्थामा भेटिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे अनुसन्धान गर्दा परियारको संलग्नता खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको र जिल्ला अदालतबाट सात दिनको म्याद लिइएको प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।















प्रतिक्रिया