काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छिन् ।
बिहीबार काठमाडौंमा सञ्चारकर्मीसंगको छलफलमा ओलीले पुरानो कानूनमा काम गर्नुपर्दा नीतिगत अडचनहरू देखा परेको र कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी हुन् ।
उनले कानून निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहेपनि सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरू पनि अस्वीकृत भएको अवस्थामा, सदनमा छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन् ।
सदनमा बहस र छलफल गरेर सत्तापक्ष र प्रतिपक्ष मिलेर कानून निर्माणको प्रक्रियालाई अझ परिमार्जित बनाउनुपर्ने उनको भनाइ छ । उनले कानून निर्माणका लागि हुने छलफलको समय बढाउनुपर्ने धारणा राखिन् ।
सामान्यतया २–३ मिनेटमा हतारहतार विषय टुङ्ग्याउने वा एकै दिनमा ४–५ वटा विधेकहरूमा सतही छलफल गर्ने परिपाटीले पर्याप्त बहस हुन नसक्ने उनको भनाइ छ ।















प्रतिक्रिया