२९ आश्विन २०८३, बिहिबार

सिटिजन्स बैंकका ग्राहकलाई तीन संस्थामा १५ प्रतिशतसम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले विभिन्न तीन संस्थाबाट सेवा लिँदा १० देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक, रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिबीच बिहीबार सम्झौता भएको हो।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्ड तथा मोबाइल बैंकिङ ग्राहकले रामाडा एन्कोर काठमाडौंमा खाना, पेय पदार्थ र स्पा सेवामा १५ प्रतिशत छुट पाउनेछन्।

त्यस्तै, होटल हिमालयन होराइजनमा डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत छुट पाउनेछन्।

पान्क बाइक प्रालिबाट विद्युतीय तथा सामान्य साइकल खरिद गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सहकार्यको उद्देश्य ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहित गर्नुका साथै कार्ड तथा मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउनु हो। बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा विभिन्न छुट तथा ग्राहक केन्द्रित योजना सञ्चालन गर्दै आएको जनाएको छ।

यसअघि बैंकले फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। त्यस्तै, युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सरका लागि ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधासमेत उपलब्ध छ। साथै, अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने क्रस बैंक टेलर सेवा सञ्चालनमा छ।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।