काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृतिको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताएका हुन् ।
लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए । सरकारमा रहनेहरु जनताप्रति जिम्मेवार हुनुपर्ने भन्दै ओलीले एमाले नेतृत्वको सरकारले अशक्तता भएका, शारीरिक रूपमा अपाङ्गता भएका, असहाय, बेसहारा र ज्येष्ठ नागरिकहरूको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरेका छन् ।
’समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्नका लागि पहिले जनताको दुःख निवारण गर्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले जनताको दुःख निवारणका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने बताए ।















प्रतिक्रिया