२९ आश्विन २०८३, बिहिबार

झिनो अंकले घट्यो नेप्से, साढे चार अर्बको कारोबार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


‎काठमाडौं। साताको चौथो कारोबार दिन बिहीबार सेयर बजार झिनो अंकले घटेको छ।

‎नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.४६ अंकले घटेर २६२०.७९ विन्दुमा बन्द भएको छ । लगातार चौथो कारोबारका दिन सेयर बजार घटेको छ ।

‎नेप्सेका अनुसार बिहीबार ४ अर्ब ५६ करोड १० लाख २ हजार ४१ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ। आज कुल १ करोड ३१ लाख ९८ हजार ५५१ कित्ता सेयर किनबेच भएका छन्।
‎
‎बिहीबार १४३ कम्पनीको मूल्य बढेको छ भने १२६ कम्पनीको घटेको छ। आठ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारको समग्र सूचक रातो देखिए पनि सबै कम्पनीमा बिक्रीको दबाब नरहेको देखाउँछ।