२९ आश्विन २०८३, बिहिबार

ज्ञानेश कुमारविरुद्धको आन्दोलनमा सहभागी भएका आमिरका भान्जालाई भारत छोड्न नोटिस

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस (एफआरआरओ)ले अभिनेता आमिर खानका भान्जा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छोड्न निर्देशन दिँदै एक सूचना जारी गरेको छ ।

अभिनेता इमरानमाथि हालै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको आन्दोलनमा सहभागी भएर विदेशीसम्बन्धी ऐन उल्लंघन गरेको आरोप लागेको छ ।

अक्टोबर १० मा मुम्बईको अगस्ट क्रान्ति मैदानमा ज्ञानेश कुमारको राजीनामा माग गर्दै आयोजित विरोध प्रदर्शनमा सहभागी भएपछि इमरानलाई हिरासतमा लिइएको थियो ।

यसपछि उनी र अन्य प्रदर्शनकारीहरूविरुद्ध एफआईआर दर्ता गरिएको थियो ।

र अहिले उनलाई २८ अक्टोबरसम्ममा भारत छोड्न सूचना जारी भएको खबर बाहिर आएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार, इमरान सीजेपी आन्दोलनमा सहभागी हुने उद्देश्यका साथ मुम्बई आएका थिए । इमरान अमेरिकी नागरिक हुन् र उनीसँग ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्ड छ ।