२९ आश्विन २०८३, बिहिबार

गोरखा जोड्ने आरुघाटमा बेलिब्रिज निर्माणका लागि सामग्री आइपुग्यो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ । बाढीका कारण धादिङ र गोरखाबीचको मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ ।

चार दिनभित्रै बेलिब्रिज जडान गरी गाडी सञ्चालन गर्ने भनिए पनि काम सुरु हुन सकेको छैन ।

हाल सडकको ‘बेस सर्फेस’ मिलाउने र बेलिब्रिजका लागि पेटी बनाउने काम भइरहेको छ ।

प्राविधिकहरूका अनुसार पेटी तयार भएपछि मात्रै बेलिब्रिज जडान सुरु हुनेछ ।

बेलिब्रिजका आवश्यक सामग्री कार्यस्थलमा आइपुगिसकेको छ । तर, अहिलेकै गतिमा काम भए दशैंको टीकाअघि गाडी चल्ने सम्भावना न्यून छ ।

आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो मार्ग अवरुद्ध भएको हो ।