२९ आश्विन २०८३, बिहिबार

नवलपरासीमा १४ लाख ८४ हजारको अवैध मदिरा बरामद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बरामद गरेको छ ।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी मदिरा ल्याउँदै गरेको भन्ने गोप्य सूचना प्राप्त भएपछि आज बिहान करिब ३ः४५ बजे संयुक्त प्रहरी टोलीले खोजी गरेको थियो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, प्रहरी चौकी रामनगर र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको संयुक्त टोलीले महलबारीस्थित सडकखण्डमा ११ वटा हरियो ठूलो झोलामा राखिएको मदिरा बेवारिसे अवस्थामा फेला पारेको हो ।

बरामद मदिरामा ७५० मिलिलिटरका ७४२ बोतल रम रहेका छन् ।

प्रहरीले प्रतिएक बोतलको अनुमानित मूल्य दुई हजार रुपैयाँका दरले कुल १४ लाख ८४ हजार रुपैयाँ बराबरको मदिरा रहेको जनाएको छ ।

बरामद गरिएको मदिरा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले मदिरा कसले र कहाँबाट ल्याएको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।