काठमाडौं । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक जुनीचाँदे–९ कल्ली स्यालाका २० वर्षीय सन्तबहादुर बस्नेत र जुनीचाँदे–३ स्यालाकी ३० वर्षीया विपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा दिलबहादुर भण्डारी, उनका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिका–३ स्यालाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।
घाइते तीनै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया