९ कार्तिक २०८३, सोमबार

पहिरोले दुई घर पुरिए, २२ घरपरिवार विस्थापित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pahiero (1)जाजरकोट, ५ भदौ । अविरल वर्षापछि बिहीबार दिउँसो गाउँ माथिबाट आएको पहिरोले जाजरकोटको लहँ–४ पिपलचौरमा दुई घर पुरेको छ भने २० घरपरिवार विस्थापित भएका छन् ।

पहिरोले शिवराज रावल र मकबहादुर सिंहको घर पुरेको स्थानीय राजन रावलले बताउनुभयो । पानी परिरहेका कारण पहिरो झर्ने क्रम रोकिएको छैन । घर खाली गरेर स्थानीयलाई घुवार गाउँमा सारिएको छ ।

गाविस पहँुच मार्ग जोड्ने सडकको दोबाटो माथिबाट पहिरो झरेको हो । पहिरोका कारण २० घर विस्थापित भएका छन् । पहिरोका कारण बस्ने अवस्था नभएपछि ज्यान जोगाउन घर छोड्न बाध्य भएको युवराज रावलले बताउनुभयो । रासस