२८ आश्विन २०८३, बुधबार

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।

गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा भाग लिन नयाँदिल्ली पुगेका गृहमन्त्री गुरुङले भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेका हुन्। बुधबार जयशंकरले गृहमन्त्री गुरुङलाई भेटेकोबारे सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिएका छन्।

भेटमा गृहमन्त्री सुधन गुरुङले नेपालमा हालै आएको बाढी तथा पहिरोपछि भारतले उपलब्ध गराएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।