धनगढी । बजेट पारित गर्ने प्रक्रियामा पार्टीको निर्देशन नमानेको भन्दै नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभाका दुई सांसदसँग स्पष्टीकरण मागेको छ। पार्टीले सामाजिक विकास समिति सभापति धर्मराज पाठकलाई जिम्मेवारीबाट हटाउने निर्णयसमेत गरेको हो।
एमालेले पूर्वमन्त्री वीरबहादुर थापा र पाठकलाई ४८ घण्टाभित्र जवाफ दिन निर्देशन दिएको हो। बजेटको पक्षमा मतदान गर्न संसदीय दलले ह्विप जारी गरे पनि दुवै सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए।
मंगलबार बजेट पारित भएपछि थापाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन्। एमालेले भने उनलाई राजीनामा फिर्ता लिन आग्रह गरेको छ। पाठकलाई सभापति पदबाट फिर्ता बोलाउने निर्णयसहितको पत्र सभामुख भीमबहादुर भण्डारीसमक्ष पठाइएको स्रोतले जनाएको छ।













प्रतिक्रिया